• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल पत्रकार महासंघ जापानको शाखाको छैटौं अधिवेशन सम्पन्न ,अध्यक्षमा रवीन्द्र श्रेष्ठ

जापान २०८२ मङ्सिर ७ गते आइतवार

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन आज आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ। अधिवेशनबाट २०२५ देखि २०२७ अर्थात् आगामी ३ वर्षका लागि अध्यक्षमा पुर्व उपाध्यक्ष एबंम नेपाल सन्देश डटकमका प्रधानसम्पादक रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् ।

जम्मा ८६ जना सदस्य रहेको जापान शाखामा जम्मा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठले ४४ मत लिएर निर्वाचित भएका छन।
उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त थिए । राजन गौतम महासंघका पूर्व सचिव हुन।
यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई उनका प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गर्दै निर्वाचित भएकी छिन्। चौलागाईले ३० मत प्राप्त गर्दा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले भने १९ मत पाएका थिए ।

यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छिन भने सचिवमा अर्जुन लामिछाने विजयी भएका छन् महिला उपाध्यक्ष लक्ष्मी पौडेलले ४५ मत पाउँदा उनकी प्रतिस्पर्धी सजिना मोक्तानले ३२ मत पाएकी थिइन् ।
यस्तै सचिवमा अर्जुन लामिछानेले ४५ मत पाएका भने उनका प्रतिस्पर्धी विश्वास आचार्यल ३२ मत पाएका थिए । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस