• एउटै दृष्टि, भिन्न कोण
  • Search

हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०७६ जेष्ठ १३ गते सोमवार

काठमाडौं । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना हुँदा मेक्सिको पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।

देशको उत्तरी क्वेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले जानकारी दिएका छन् । एमआई १७ हेलिकोप्टर छिमेकि सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट डढेलो प्रभावित क्षेत्रतर्फ गएको थियो ।

आगो निभाउन हेलिकोप्टरमा २५ सय लिटर पानी लिइएको थियो । अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस