बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका र पूर्वका विभिन्न ७ वटा खोला तथा नदीहरुमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाको विवरण अनुसार, खोकनास्थित बाग्मती नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएकाले बागमतीमा पानीको तह स्थिर रहेको महाशाखाले जनाएको छ ।
सप्तकोशीको चतरामा पनि बाढीले खतराको तह पार गरेको छ ।
अरुण नदीको सिम्ले जलमापत केन्द्रमा पनि बाढीले खतराको तह पार गरेको छ । सुनकोशीको खुर्कोट, तमोरको मुलघाट र त्रिवेणीमा पनि बाढी खतराको तहभन्दा माथि पुगेको छ ।
बुढीखोला, कन्काई र बिरिङखोलाको बाढीले पनि खतराको तह पार गरेको छ ।

