- गणेश सिंह पुजारा
गुठी विधेयकले मुख खोल्न बाध्य भएको छ ! गुठी विधेयक सम्बन्धी मेरो मनसायले तत्काल मूर्तरूप लिन नसक्ला, तर यो यस्तै लागू भयो भने यसले हामी नेपालीहरूको परम्परागत धर्म संस्कृतिको र राष्ट्रिय पहिचानको समेत अस्तित्व मेटाउने छ ! यसले हाम्रो राष्ट्र को नै सर्वनाश गर्ने समेत सङ्केत देखाउछ ! गुठी बिधेयकले हाम्रो राष्ट्र, धर्म, संस्कृति , परम्परा, भेशभुषा र पहिचान सिध्याउने कार्य हुदैछ !
कथित कालों गणतन्त्र सरकार ले भन्छ हामीले गठी बिधेयक फिर्ता लियौ भनेर तर हामीलाई फिर्ता हैन गुठी–बिधेयक–खारिज–चाहियो निकम्मा सरकार, यो बिधेयकले प्रश्न उठाएको छ सरकारको काम, कदम र ब्यवहार माथी ! गुठी बिधेयक नेवार समुदाय मात्र नभएर सम्पुर्ण नेपाली विभिन्न धर्मावलम्बि समुदायहरुलाइ पनि आतन्कित बनाउन थाली सकेको छ, केही समय देखि यो सरकारको काम र हावा गफ गर्ने र नेपाली जनताहरूलाई पेलेर आफ्नै मनमर्जी चलाएको छ ! अनि सत्तामा पुगिसक्यौ अब जनताहरूलाइ पेल्नै पर्छ भन्ने सोचका साथ अघि बढेको छ ! अहिलेको वर्तमान सरकार लाई देखार मलाई अचम्म लाग्छ यहा भ्रस्टाचारी लाई बचाउने, बलत्कारीलाई छुपाउने, गुण्डाहरूलाइ पाल्ने अनी कु–सासन चलाउने यो गणतन्त्र हो की लुटतंन्त्र ?
यसरी देशलाई समृद्ध बनाउने हो की या देशमा गृहयुद्ध ल्याउने हो ? भ्रस्टाचार विरूद्ध बोल्नेलाई कुटीन्छ, पिटिन्छ जेल हालिन्छ तर देशको ढुकूटी बेच्ने नेताहरूलाई फुलमालाले स्वागत गरिन्छ के यही हो गणतन्त्र भने को ? नेवार समुदाय र अन्य धर्मावलम्बि समुदाय ज जस्ले नेपालको कला संस्कृति र सम्पदालाई सम्हालेर संरक्षण गरि राखेका छन, आफ्नो धर्म नितीभीत्र बसेर आफ्नो मौलिक धर्म, संस्कृति र परम्परा को जगेर्ना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो ! त्यसैले यो गुठी बिधेयक फिर्ता हैन , खारिज गरि नेपाल हिन्दु अधीराज्य राष्ट्र नेपाल कयाम गरि नेपाल र समस्त नेपालीहरू को पहिचान बिस्वमा झल्काउनू होस, हैन भने यो द्द तिहाईको बिदेशीको ईसारामा चल्ने सरकार धेरै दिन टिक्नेवाला छैन ! एकदिन नेपाली जनताहरू मिलेर सडकमा उत्रेर एक स्वरमा विरोध गर्यो भने त्यतीबेला आरध्यदेव पशुपतिनाथले पनि बचाउन सक्दैन गणतन्त्रको नाममा यो लुटतन्त्र !
पुजारा शिवसेना नेपाल हिन्दु टाईगर ग्रूप प्रवास महाराष्ट्रका अध्यक्ष हुन् ।


