२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं।जिल्ला अदालत काभ्रेपलान्चोकले बाल यौन दुराचार गर्ने युएनका पूर्व कर्मचारीलाई दोषी ठहर गरेको छ। जिल्ला अदालतले ६० वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई सोमबार दोषी ठहर गरेको हो। जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले युएनका पूर्व कर्मचारीसमेत रहेका डालगिल्सलाई बाल यौन दुराचारमा कसुरदार ठहर गरेको हो।