- निर्मल भट्टराई । म्यानमार
म्यानमारको यागौं शहरमा समता विद्यालयको उद्घाटन गरिएको छ । सस्तो शुल्कमा पनि गुणस्तरिय शिक्षा आर्जन गर्ने माध्यम बनेको समता यागौं शहरमा पनि शाखा स्थापना गरेको छ । मासिक एक डरल शुल्क दिनुपर्ने समता विद्यालयमा अध्यापनका लागि सात जना शिक्षक र ६३ जना विद्यार्थीहरुले अध्यायन गरिरहेका छन । समता विद्यालय खोल्नुको मुख्य उद्देश्य अशक विद्यार्थीहरूका लागि राम्रो शिक्षा प्रदान गर्नु हो ।
पढाईमा राम्रो रुचि हुदासमेत महंगो शुल्क दिन नसक्नेहरुका लागि, राम्रो माध्यम बनेको बर्मेली नेपाली अभिभाबकहरुले बताए । शुल्क थोरैले पनि उत्कृष्ट विद्या अध्यन गर्न पाउने उद्देश्य छ । दानिदाताहरूको दानले विद्यालय सञ्चालन गर्न ठुलो टेवा पुगेको छ । यो समता विद्यालय सञ्चालन हुनका लागि दानीदाताको महत्वपुर्ण सहयोग रहेको थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले भन्नुभयो ।
थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले समता सञ्चालनका लागि लाग्ने एक बर्षसम्मको सबै सहयोग गर्ने जिम्मेवारी लिनुभएको छ । बिद्यालय चलाउनका लागि के कति सहयोग गर्नुपर्छ मैले योगदान दिन्छु – उहाँले भन्नुभयो । समता विद्यालय उद्घाटन कार्यक्रममा उपस्थित अतिथिको रूपमा यागौं सरकारी पदका उ ठुन नाई, नेपालका लागि म्यानमारका राजदुत भिमकृष्ण उदास, नेपालका चर्चित हाँस्य कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, उत्तम सन्जल, बर्माका साहित्यकार लक्ष्मण न्यौपाने, आउनाई लामा कार्की, अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरे, थाई नेपाली संघका अध्यक्ष कुमार कार्की लगायतका अतिथिहरु उद्घाटन समारोहमा उपस्थित भएका थिए । समता विद्यालयलाई नेपालका सबै जिल्ला, भारत, म्यानमार लगायत अन्य देशहरूमा सञ्चालन गरि रहेको समताले जानकारी दियो ।


