रोल्पा जिल्ला गंगादेब गाउपालिपका वडा नं ३ चामी निवासी नविन केसीले साउन १९ गते बा.प्र. ०६००१ ख ०५११ ट्रकमा लोड गरिएको २०० बोरा आलुको ७५ पैसाको दरले रसिद नं ५५५ मा गंगादेव गाउँपालिकालाइ ७ हजार ५ सर कृषि उपज कर बुझाए । सोही ट्रकबाट सोही दिन सल्यान जिल्लाको बागचौर नगरपालिकाले रसिद नं ४५ मा १०० क्विन्टलको विवरण खुलाइ ५० पैसाको दरले रु ५ हजार रसिद काट्न बाध्य भए ।

एकै दिन एउटै ट्रकमा दोहोरो कर तिरेका ब्यवसाही नविन केसीले आफू मर्कामा परेको र न्याय नपाएको गुनासो गरे । उनले भने तपाईं सन्चारकर्मी भएको हैसियतमा पीडा पोखेको छु, न्याय कतै पाइन, यो बिषय जिल्ला प्रशासन कार्यालय सल्यान प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो दर्ता गरेको छु उनले भने ।
साउन २६ मा बा.प्र. ०६००१ ख ००४७२ नम्बरको ट्रकमा लोड गरिएको आलुको दोहोरो कर नबुझाएकै कारण कालाखेतमा रोकीएको बताए । उनका अनुसार नगर प्रहरीले गंगादेव गाँउपालिकाले काटेको रसिद समेत चेक गर्न भनि लिएको र सम्बन्धित ब्यक्तिलाइ रसिद फिर्ता नदिइ ट्रक चालक सुवास तामाङको सवारी चालक अनुमती पत्र समेत राखेको बताए ।

रोल्पाको गंगादेब गाउँपालिकाले उत्पादित कृषि उपजमा गाउँपालिकाले पारित गरेको अर्थ निति अनुसार कृषि उपजमा कर संकलन गर्दै आएको छ । रोल्पामा उत्पादित कृषि उपजको दोहोरो कर सल्यान जिल्लाको बागचौर नगरपालिकाले उठाएपछि दोहोरो कर विवाद सतहमा आएको हो ।
ब्यवसायी नवीन केसीका अनुसार कृषि उपजमा दुई पालिकामा राजस्व संकलनको नाममा भएको धन्दाले ब्यवसायी मर्कामा परेको पिडा पोखे ! उनले भने “आज फेरि एक ट्रक आलु सल्यान कालाखेतमा नगर प्रहरीले रोकि राखेका छन । आलु कच्चा माल हो, कुहियो भने किसानलाई कहाँबाट भूक्तानी गर्नु र ….? तसर्थ दोहोरो कर तिरेरै भए पनि माल बजारमा पुर्याउन बाध्य छौ उनले भने”
दिउसो ४ बजे रोकिएको कृषि उपज लोड भएको ट्रक रातको १० बजे दोहोरो कर तिरेपछि छोडिएको थियो ।

उता बागचौर नगरपालिका सल्यानका नगर प्रमुख जनकराज गौतमलाई यस बिषयमा प्रतिकृया लिन खोज्दा मोबाइल उठेन । बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर कठायत सँग प्रतिकृया माग्दा पहिले त यस विषयमा जानकारी नभएको भनेर पन्छिन खोजे । पछि उनले नगरपालिकाले दोहोरो कर लिने निति नभएको बताए । उनले थपे अन्य पालिकाले कर नलिने निति बनाएको भए कर छुटको सिफारिस वा ट्याक्टरमा लोड भइ राजमार्गमा ट्रक लोड हुने भए सोही बमोजिमको सिफारीस बनाइ निकासी गर्न सकिने विषयमा छलफल भएको बताए ।

