अखिल नेपाल महिला संघ क्रान्तिकारी माडी ५ भावाङको सम्मेलन आज (बुधबार) सम्पन्न भएको छ ।

अनेम संघका भिम कुमारी घर्तिमगरको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र माडी गाउँपालिका अध्यक्ष भरत बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले भिम कुमारी परियारको अध्यक्षतामा २३ सदस्यीय अनेम संघ क्रान्तिकारी वडा कमिटी गठन गरेको छ । भेलामा नेकपा माओवादी केन्द्रका गाउँपालिका सचिव वीर बहादुर घर्ति मगरको विशिष्ट आतिथ्यता रहेको थियो भने वडा इन्चार्ज तथा सरकारका वडा अध्यक्ष तेजेन्द्र बुढा मगर , वडा पार्टी उपाध्यक्ष सनिदेवल बुढा मगर, अनेम संघ क्रान्तिकारी जिल्ला सदस्य दिल कुमारी बुढा मगर, अनेम संघ क्रान्तिकारी माडी गाउँपालिका कार्यवाहक अध्यक्ष बालिका सुनारलगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढामगरले महिलाले पाएको आजको अधिकार जनयुद्धले नै सम्भव भएको, महिलाले जनयुद्धमा ठूलो योगदान दिएको र महिलाहरु जनमुक्ति सेना भएर कार्य गरेको स्मरण गराउदै महिलाहरू कुनैपनि कर्म गर्न कमजोर नभएको स्पष्ट पार्नुभएको थियो । कार्यक्रमको संचालन दिल कुमारी बुढामगरले गर्नुभएको थियो ।


