रोल्पा । लुङ्ग्रीमाडी करिडोर सिंचाइ आयोजना, रोल्पामा कार्यरत सव इन्जिनियर तारा श्रेष्ठले योजनाको अन्तिम बिल भुक्तानी गर्दा उनकै कार्यालय परिसरबाट रङ्गेहात घुस रकम सहित पक्राउ परेका छन ।
अख्तियारका सह सचिव काली प्रसाद पराजुलीका अनुसार घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग रू एक लाख ९१,००,०००० घुस बापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान अगाडी बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं। ५ वुटवलका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभएको छ ।