माओवादी आन्दोलनबाट भागेका नेता, कार्यकर्ता लाई यहि मात्रै लागिरहन्छ कि – यी चार उपलब्धि रगत नबगाएको भए आउदैनथ्यो।
आउदैनथ्यो मज्जैले मानिन्छ। तर जसरी आज यी चार चिज को अभ्यास भैरहेको छ , प्रश्न उठेको छ यी चिज जनताको लागि पनि उपलब्धि हुन् ?
मन लागेको बोल्न पाउने – वाक स्वतन्त्रता !
सत्ता प्रमुख लाई हरेक पाँच सालमा रेटिफाई गर्न पर्ने – निर्वाचन !
यी दुईमा अलिकती अंकुश लाग्ने बितिकै यी बहुप्रचारित उपलब्धि निमिट्यान्न भैजान्छ। वाक स्वतन्त्रता माथी त संकट आइ-नै-सक्यो। ।
सत्य त यो हो कि – जनताको जीवनलाई स्पर्श गर्ने , सम्बोधन गर्ने कुनै ठोस र निर्णायक उपलब्धि नेपाली इतिहासमा भएकै छैन।
दश वर्ष जनसहभागितामा जुन युद्ध भयो – त्यो क्रान्तीको प्रयास अवस्य थियो। तर क्रान्ती नै चैँ थिएन ।
र क्रान्तिको लागि युद्ध हुनै पर्ने कुरा पनि होइन। हुदै नहुने , हुनै नहुने कुरा पनि हैन। युद्ध अन्तिम बाध्यता हो। त्यसको पुष्टि राजनीतिकर्मी या पार्टीले हैन। विशाल संख्यामा जनताहरु आफैले गर्ने कुरा हो।

