• एउटै दृष्टि, भिन्न कोण
  • Search

सुमार्गीको धम्कीः १ बर्ष जेल जानु पर्ला !

२०७६ जेष्ठ ८ गते बुधवार

काठमाण्डौंं । नेपाल स्याटलाइट टेलिकमका संचालक तथा व्यवसायी अजेयराज सुमार्गीले कर प्रशासनलाई कानुनको पालना गर्न चेतावनी दिएका छन् । आन्तरिक राजस्व कार्यालय वानेश्वरले सुमार्गी संचालक रहेको स्याटलाइट टेलिकमले ४ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर तिर्नुपर्ने तय गरेको पत्र पठाएपछि कम्पनीको तर्फबाट विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिइएको हो ।

कम्पनीका संचालयक सुमार्गीको हस्ताक्षर भएको विज्ञप्तिमा कर प्रशासनले भने जस्तो आफूलाई कर निर्धारण गरिएको पत्र उल्लेखित समयमा प्राप्त नभएको, सो विषय अदालतमा विचाराधिन रहेको र कर कानुनले करदाताको विवरण गोप्य राख्नुपर्ने व्यवस्था गरेपनि कर प्रशासनले विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।

‘आय कर ऐनको दफा ८४ ले कुनै पनि कर्मचारीले आफ्नो कर्तव्य पालनाको शिलशिलामा आफ्नो कब्जामा वा जानकारी आउने सवै कागजात तथा जानकारी गोप्य राख्नु पर्ने व्यवस्था गरेको छ । ऐनले निर्दिष्ट गरेको व्यवस्था विपरित यस प्रालि ९करदाता० को विवरण सार्वजनिक रुपमा प्रेश विज्ञप्ति प्रकाशित गर्नाले ऐनको दफा ८४ द्धारा परिभाषित कसुर हुन गएको हुँदा त्यस्तो कसुरमा ऐनको दफा १२६ द्धारा व्यवस्थित ८० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुबै सजायको मागदावी लिई ऐनको दफा १३० तथा १३१ बमोजिमको कानुनी प्रक्रिया अवलम्बन गर्न यस प्रालि वाध्य हुने व्यहोरा सादर अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस