• एउटै दृष्टि, भिन्न कोण
  • Search

अमेरिकी राजदूतको गफगाफ विवादमा

२०७६ जेष्ठ ८ गते बुधवार

नेपालस्थित अमेरिकी राजदूतावास सामाजिक सञ्जालमा निकै सक्रिय छ। राजदूत र्‍यान्डी बेरी, दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्ट पनि नेपालका विभिन्न विषयमा सामाजिक सञ्जालमा सक्रियताका साथ अन्तर्क्रिया गर्छिन्।

तर पछिल्लो समय दूतावासको यही ‘सक्रियता’ विवादमा परेको छ। दुई दिनअघि राजदुत बेरीले आफूले अब ‘राजदूतसँग गफगाफ’ कार्यक्रमअन्तर्गत सामाजिक सञ्जालमा नेपालीहरूसँग कुराकानी गर्ने बताएका छन्। अमेरिकी दूतावासलाई सामाजिक सञ्जालमा पछ्याउने झन्डै ४० लाख नेपाली सबैलाई भेट्न सम्भव नहुने भन्दै राजदूत बेरी उनीहरूसँग कुराकानी गर्न नयाँ श्रृंखला सुरू गर्न लागेको बताएका छन्।

राजदूतसँगको गफगाफमा अमेरिकामा अध्ययन, डिभी, भिसालगायत विभिन्न विषयमा जिज्ञासा, अमेरिकी राजदूतको नेपाल बसाइका अनुभवबारे छोटाछोटा भिडिओ क्लिप बनाएर साप्ताहिक रूपमा सामाजिक सञ्जालमा राखिने दूतावासको भनाइ छ।

प्रतिक्रिया दिनुहोस