• एउटै दृष्टि, भिन्न कोण
  • Search

१५ वर्षीया बालिका सामुहिक बलात्कृत

२०७६ जेष्ठ ९ गते बिहिवार

 

काठमाडौं । म्याग्दीमा १५ वर्षीया बालिका शौचालय गएको बेला सामुहिक बलात्कारमा परेकी छन् ।
वेनी नगरपालिका–४ डाँडाखेत बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–५ बस्ने १९ वर्षीय प्रेम किसान, २६ वर्षीय कृष्ण बिक र २१ वर्षीय विकास किसान रहेका छन् ।
गत ७ गते राति ती बालिका शौचालय गएको अवस्थामा उनीहरुले डरत्रास देखाई बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा मातहतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस