अभिनेत्री नीता ढुङ्गाना र अभिनेता आमेश भण्डारीले करिब तीन वर्ष अगाडि प्रेममा ब्रेकअफ गरेका थिए । केही बर्षको प्रेमलाई ब्रेकअफ गरेका यी दुबैले एकै प्रोजेटमा काम गर्न परै जाहोस्, एउटै कार्यक्रममा समेत सकभर सहभागी हुँदैन थिए ।
अहिले भने यी दुबै फेरि एकसाथ देखिन थालेका छन् । बिहीबार सार्वजनिक भएको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा यी दुबै एकसाथ देखिएका हुन् ।
जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको यो गीतमा ब्रेकअफ पछि उनीहरु पहिलोपटक एकसाथ देखिएका हुन् । यो भिडियो सार्वजनिक भएसँगै उनीहरुको बीच पुनः प्रेम रहेको चर्चा चल्न थालेका छ ।
२०८३ बैशाख ९ गते बुधवार

