• एउटै दृष्टि, भिन्न कोण
  • Search

पुर्खाको देश नेपाल देख्ने मन छ !

काठमाडौ २०७६ जेष्ठ ११ गते शनिवार
  • कैलाश पौड्याल (म्यानमार)

आजकाल म फेसबुकमा सक्रिया छु । मैले फेसबुक मार्फत नेपाल र नेपालीहरुको बारेमा धेरै कुरा बुझेको छु । म जन्मेको बर्मा (म्यानमार) र नेपालमा केहि फरक लाग्दैन । मेरो पुर्खा नेपालको कुन ठाउँबाट आएका हुन् त्यो भने मलाई ठ्याक्कै हेक्का छैन । फरक यति हो, नेपाल र म्यान्माको दुरी । मेरो फेसबुकमा नेपालमा बस्ने साथीहरु र केहि मेरा आफन्तहरु पनि हुनुुहन्छ । मेरो सानी आमा नेपालमा हुनुुहन्छ ? म यसकारण पनि नेपाली समाजलाई बुझेको छु । म संग कुरा गर्ने प्राय मान्छेहरु तपाई नेपाली जस्तै हुनुहुन्छ – भन्नुहुन्छ ? म नेपाली नै हु । हाम्रो अघिल्ला पुस्ता बाध्यतमक अबस्थाले बर्मा आउनुभयो । हामीहरु यतै जन्मियौं । यतैको नागरिक भयौं तरपनि हाम्रो नसा–नसामा गोर्खाको रगत छ – मैले जवाफ दिन्छु ।

बर्मामा गाउँ–गाउँमा मन्दिरहरु छन् । घर–घरमा पुजापाठ हुन्छ । नेपाली भाषामा कला र संस्कृतिका कार्यक्रम हुन्छन् । बर्मा (म्यानमार) मा नेपाली भाषामा पठन–पाठन हुन्छ । हामीहरु नेपाली परम्परा जोगाउने अभियानमा, यहाँका अग्रजहरुको साथमा लागिरहेका छौं । मैले थायल्याडमा पनि केहि बर्ष अघि काम गरे । त्यहाँ मान्छेहरु काम गर्न पुग्छन् । मैले अहिले नेपाली भाषा पढाउछु र कला, साहित्य र पत्रकारितामा रुचि राख्छु । मलाई नेपाल घुम्न जाने र पुर्खाको देशमा रमाउने रहर छ ।

प्रतिक्रिया दिनुहोस