• एउटै दृष्टि, भिन्न कोण
  • Search

नयाँ दिल्लीबाट नेपाली चेलीको उद्धार

२०७६ जेष्ठ ११ गते शनिवार
  • बलबहादुर जयगडी

धनुषा जिल्ला घर भएकी अस्मितालाई भारतको नयाँ दिल्ली आनन्द बिहारबाट उद्धार गरिएको छ । बन्दक बनाएर राखिएकी उनीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सुदुरपश्चिमेली नेपाली समाजका सह–कोषाध्यक्ष भुवन प्रसाद भट्ट जानकारी दिए । घरेलु कामदारका रुपमा राखेपछि उनीलाई मालिकले चरम यातना दिनेगरेको थाहा पाएपछि समाजसेबी भट्टको पहलमा उनको उद्धार गरिएको हो ।

भुवनका साथी एकदिन पिडित भएको ठाउँ पुग्दा उनको समस्या थाहा पाएका थिए । साथीले अन्तर्राष्ट्रिय सुदुरपश्चिमेली नेपाली समाज सहकोषाध्यक्ष भट्टलाई जानकारी गराएपछि, उद्धारका लागि पहल गरेका हुन् । समाजले जानकारी पाए पश्चात् उनले राती दुई बजे सम्म सम्पूर्ण प्रमाणहरुहरु जम्मा गरेका थिए । पिडित अस्मितालाई बिगत तीन महिना देखी घर मालिकले कुटपिट तथा कठोर यातना पनि दिदै आएको अस्मिताले उद्धार टोलीलाई बताएकी थिइन ।

दिल्ली स्थित सुदुरपश्चिमेली नेपाली समाज भारत केन्द्रिय सल्लाहकार सदस्य नागेन्द्र जोशी मार्फत नेपाली राजदुतावास भारत, माइती नेपाल संस्थाको उपसमिति (माइती भारत), सुदुर पश्चिमेली समाज भारत र नेपाली जनसम्पर्क समिति भारतको संयुक्त रूपमा सहयोग गरेर अस्मितालाई सफलता पुर्वक उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस