• एउटै दृष्टि, भिन्न कोण
  • Search

यौनशक्ति बढाउन नरबली

२०७६ जेष्ठ १७ गते शुक्रवार

काठमाडौं । आफुमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

यौनशक्ति कम हुँदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।

गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन ।

बालक हराएको सूचना पाएको प्रहरीले बैशाख २४ गते उनको शव घर नजिकै फेला पारेको थियो । घटनाको अनुसन्धान गर्दै जादा छिमेकी महतोले समिरकुमारको हत्या गरेको पाइयो २ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरि पालले जानकारी दिनुभयो ।

प्रहरीले महतोको साथबाट बालक आर्यनको हत्या गर्दा प्रयोग गरेको हतियार समेत बरामद गरेको छ । बालक हत्याको अनुसन्धानमा जुटेको प्रहरीले महतोको हर्कत शंकास्पद देखिएको र बालकको हत्या घाटी पछाडिबाट काटिएको फेला पारेपछि महतोलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको डिआईजी पालले जानकारी दिनुभयो ।, नेपाल समाचारपत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस