• एउटै दृष्टि, भिन्न कोण
  • Search

वामदेवः बन्दुकविनाको बारुद

२०७६ जेष्ठ १८ गते शनिवार

नेकपा सचिवालय सदस्य वामदेव गौतमको गृहजिल्ला प्युठानमा असन्तुष्टिको कालोबादल राम्रै मडारिएको अनुभूति हुन्थ्यो । दिउँसो प्युठान नेकपा शपथमा देखिएको भाँडभैलो त इमेलमा सुरक्षित थियो, बेलुका घर गएर टेलिभिजन हेर्दा अहिले बजारमा नयाँ सिमट ९सिमेन्ट० आएको थाहा भयो, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ नराखे विज्ञापन र उत्पादन दुवै चल्दैन भन्ने भ्रममा बाँचेकाहरुको अझै जमात ठूलै छ, जसरी चुनाव हारे पनि वामदेव ‘चानचुने’ होइनन् भन्नेहरुको मूल बेलाबखत रसाइरहेको हुन्छ । विज्ञापनमा प्युठानकै कुरा थियो, थाहा छैन, मकवानपुरमा जस्तो प्युठानमा सिमट खानी छ–छैन, ज्योतिष, जेठान, इञ्जिनियर जसले पनि प्युठान सिमट प्रयोग गर भनेपछि हरिवंश लर्याकलुरुक पर्दै ‘प्युठान–जेठान–प्युठान’ भन्छन् । त्यो विज्ञापनले पनि प्युठानको शुक्रबारे राजनीति सम्झायो, हासियो एक्लै ।

वामदेव भूमिकाविहीन छन् । भूमिकाविहीन त झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल पनि छन् । तर उनीहरु औपचारिक कार्यक्रममा अतिथि बनाइन्छन् । मिडिया पछि लाग्छ । चुनाव हारेपछि या चुनावको घेरा बाहिर गएपछि सबैको हालत ‘नरहरि आचार्य’ कैै हुने हो । नरहरिकै दोस्रो रुप वामदेव बनेका छन् । वामदेव अचेल इमेल, फेसबुकमा भेटिन्छन् । शुक्रबार प्युठानमा भेटिए । नेकपाले कामै गर्न नसकेको बताए । २०५४ मा पनि स्थानीय निकायमा दुई तिहाइ आउँदा पनि एमालेले कामै गर्न नसकेको भनेर पार्टी फुटाउनेको नाम तपाईंहरुलाई थाहै होला । २०५६ मा हुने निर्वाचनमा एमालेको बहुमत आउने भयले एउटा अदृश्य शक्ति क्वाँक्वाँ रोयो । उसको आँशु देख्न नसकेर एमाले फर्लक्क चिरियो मलेखुमा हेमराज सेढाइँले यात्रुलाई बेच्न चिरेको आफ्नै बारीमा फलेको काँक्रो झैँ ।

एकीकृत पार्टीका दोस्रा अध्यक्ष प्रचण्डले पहिलो अध्यक्षसँग भएको सहमति स्मरण गर्नु भयो । स्मरण यस्तो बेला गर्नु भयो, जतिबेला पिएम र फस्ट सिएम भारतमा हुनुहुन्थ्यो । नरेन्द्र मोदी युग दोहोरिएका बेला नवयुगका प्रधानमन्त्री पुगेर सम्बन्ध सुधारका बेला यता प्रचण्डले यस्तो राग निकाल्नु हुन्थ्यो कि हुन्थेन, त्यो पनि ऋषि धमला धूनमा । शब्द र संगीत मिल्यो कि मिलेन, नेकपाकै केन्द्रीय सदस्यहरु, भ्रातृसंगठनका भाइबहिनीहरुले सामाजिक सञ्जालमा गरेको समय खपतले पक्कै एउटा सन्देश दियो होला । नेकपाले कामै गरेन भन्नुमा के अर्थ छ रु यसको जवाफ स्वयम् वामदेवले बाहेक अरुले दिएका छैनन्, बुधबार आएको बजेट एकदम राम्रो भन्दै बिहिबारसम्म सुरेन्द्र पाण्डेले प्रशंसा गरिरहँदा अनि शुक्रबार माधवकुमार नेपालले केपी ओली सरकार ५ वर्ष टिक्छ भन्दा वामदेव गौतमलाई किन नेकपाको काम मन परेन रु शनिबार त प्रचण्डले पनि केपी ओली पाँच वर्ष नै प्रधानमन्त्री भनेपछि सिंगारिएको बेहुला बिरामी परेको अनुमान कार्यकर्ताहरुले गरेका छन् ।

पोखरा पुगेर केपी ओलीले भन्नुभएको छः अदृश्य शक्ति नेकपामा चलखेल गरिरहेको छ । यो चलखेल गर्ने शक्ति अध्यक्षले नदेखेका हुन् या देखेर पनि ‘अदृश्य’को छाप लगाइदिएका हुन् रु अदृश्य शक्तिले कम्युनिष्टहरु मिलेको, शक्तिमा पुगेको देखिसहन्नन् भन्ने थाहै छ । २०४७ कात्तिक २५ गते चावहिलमा भाषण गरेका मदन भण्डारी, २०५४ मा स्थानीय तहमा बहुमतमा पुगेको नेकपा एमाले, २०६५ मा बहुमतका प्रधानमन्त्री बनेका प्रचण्ड सबैले अदृश्य शक्तिको उत्पात सहिसकेका छन् । अब फेरि कुन अदृश्य शक्ति कम्युनिष्ट केन्द्रमा एन्टिभाइरस बनिरहेको छ, यसको सपाट जवाफ वामदेव या अध्यक्षहरुले दिनु पर्छ समयमै ।

देशमा अहिले विभिन्न बिबिराहरु उक्सिएका छन् । काठमाडौंमा एउटा मधेसी मूलका युवा कुटिँदा देखिएको दृश्य होस् या अन्य कुनै । यिनको संकेत के हो भने, केही अदृश्य शक्ति जनआन्दोलन २ का बेलाजस्तो झ्याप्प एक ठाउँ हुन मौका खोजिरहेका छन् । त्यसमा हुनसक्छ, विप्लवका कार्यकर्ता पनि भेटिन सक्छन् । रेशम चौधरीको घाउ पनि पाप्रा देखिए पनि भित्रभित्र चौधरीहरु आक्रोशकै आगो फुकिरहेका छन् । कहीँ कतै केही ठूलो घटना गराएर सरकारलाई नैतिकरुपमा गिराउन सकिन्छ कि भन्ने सबैको ध्येय छ । जस्तोः निर्मला पन्त प्रकरणमा एउटा हूल कसरी जुनेलोको फूल झैँ देखियो र अहिले हरायो । निर्मलाले न्याय नपाउँदै सेलाइएको त्यो प्रकरणमा कति खर्च भयो रु कसले छापे ज्याकेट, झोला, स्टिकर, हिसाब छैन । अहिले त धेरैलाई म पनि निर्मला प्रकरणमा जुलुसमा गएको थिएँ भन्ने लाग्न सक्छ ।

बेला सरकार फेरिने या निरन्तरता दिने होइन । बेला अहिलेसम्म भएका कमजोरी समीक्षा गरेर अब २ वर्षपछि चुनावमा जाने तयारीको हो । अबको निर्वाचनमा कसरी कम्युनिष्ट सरकार होइन, राज्य बन्न सक्छ भन्ने हो । भारतमा मोदी दोहोरिँदा अन्य कयौँ देशका निर्वाचनमा बहुमती पार्टीहरु जनताले खङारेका समाचार कम्युनिष्ट नेताहरुले पढ्नु पर्ने हो । जितेकाहरुलाई शासन गर्न नदिन हारेकाहरु किन कराइरहेका छन् रु केही नभए केही कार्यकर्तालाई समेटेर वागमती सफा गर्न गए पनि हुन्छ । केही कार्यकर्ता लिएर नागढुंगामा पानी छम्के पनि हुन्छ । बारुद त्यतिखेर पड्केको मजा हुन्छ, जब बन्दुकमा हुनुपर्छ । घाममा तताइएको बारुद पड्केर न सत्रु तर्सिन्छ, न कुनै ओखती हुन्छ । कुन अदृश्य शक्तिले बेलाबखत नेताहरु बन्दुक विनाको बारुद हुन्छन्, जनताले बुझेकै छन् ।
टिप्पणी रामान जनतासमाचारबाट सभार

प्रतिक्रिया दिनुहोस