• एउटै दृष्टि, भिन्न कोण
  • Search

ओलीलाई शक्ति थप्ने तीन विद्येयक

२०७६ जेष्ठ १९ गते आइतवार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई आरोप छ –उनी शक्तिका भोका छन् । ओलीका अभिव्यक्ति र कतिपय निर्णयले यो आरोप पुष्टि गर्छन् । प्रस्तावित तीन विद्येयकले प्रधानमन्त्री सीधै अधिकार केन्द्रीकरण गर्न खोजको छ । यसले ‘लोकतान्त्रिक विधि र पद्धति मिच्ने तथा प्रधानमन्त्रीमा शक्ति केन्द्रीकरण गर्ने विश्लेषण हुन थालेको छ ।

प्रधानमन्त्री भएको केही समयमै ओलीले सरकारको कार्यविभाजन नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय –अन्तराष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड निर्माण र अनुगमनदेखि सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएका थिए । त्यसयता पनि उनले शक्ति केन्द्रीकरण गर्ने अभ्यास रोकेका छैनन् । कानुन संशोधन गरेरै उनी असीमित अधिकारको उपयोग गर्न चाहिरहेको देखिन्छ ।, नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

‘सरकारले हरेक विषयमा विधि र पद्धति मिच्ने र प्रक्रियालाई कमजोर बनाउँदै गरेको छ,‘विश्लेषक भाष्कर गौतमले भने, ‘संस्थाहरुलाई लोकतान्त्रिकरण गरेर बलियो बनाउनुपर्नेमा सरकार उल्टो दिशातिर अघि बढिरहेको छ ।

संसद्मा अहिले छलफलका क्रममा रहेका तीन महत्वपूर्ण विद्येयकको केन्द्रमा प्रधानमन्त्री नै देखिन्छन् । विद्येयक जस्ताको तस्तै पारित भए प्रधानमन्त्री कानुनी रुपमा झनै शक्तिशाली बन्ने छन् ।
प्रधानमन्त्रीमा अधिकारकेन्द्रीत गर्ने तीन विद्येयक
१।राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक
२। राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक
३। शिक्षासम्बन्धी केही नेपाली ऐन संशोधन गर्न बनेको विद्येयक

प्रतिक्रिया दिनुहोस