• एउटै दृष्टि, भिन्न कोण
  • Search

एउटै पार्टीका मेयर र उपमेयरको ६ महिनादेखि ‘बोलचाल’ बन्द

२०७६ जेष्ठ २१ गते मङ्गलवार

काठमाडौँ । एउटै पार्टीबाट चुनाव जितेका इलाम नगरपालिकाका मेयर र उपमेयरबीच ६ महिना अघिदेखि बोलचाल बन्द भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ९साविक एमाले०बाट चुनाव जितेका मेयर र उपमेयरमा अधिकारको विषयले बोलचाल बन्द भएको हो । अहिले दुवैजना पत्रकार संम्मेलन गरेर मेयर र उपमेयरबीच आरोप प्रत्यारोप लगाउने गरेका छन् ।

नगरपालिकाकी उपमेयर सुशीला नेम्बाङले आफ्नोे अधिकार प्रयोग गर्न नपाए मेयरको कोठामा ताला लगाउने भनेर प्रेस विज्ञप्ति जारी गरिन् । प्रेस विज्ञप्ति निकालेको तीनदिनपछि मयेर महेश बस्नेतले पत्रकार सम्मेलन गरेर उपमेयर नेम्बाङले विकास र समृद्धिलाई अप्ठ्यारोमा पार्न खाजेर संस्थालाई नै बन्धक बनाउने कार्यशैली अपनाएको बस्नेतको आरोप छ ।

उपमेयरले पत्रकार सम्मेलनमा मेयरबस्नेतले आफ्नो अधिकार हस्तक्षेप गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

मेयरले एकल र तानाशाही शैली अपनाएर काम गर्नुहुन्छ, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समितिमा उपप्रमुखको संयोजकत्वमा गठन हुने व्यवस्था भएपनि त्यसलाई परिवर्तन गरी मेयर बस्नेतले एकलौटी गरेको उपमेयरको भनाइ छ ।

तर मेयरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिका चलिरहेको बताउँदै उपमेयरले अधिकार खोसेको भन्नु गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस