• एउटै दृष्टि, भिन्न कोण
  • Search

असार दोस्रो हप्ता एसईई नतिजा सार्वजनिक हुँदै

२०७६ जेष्ठ २२ गते बुधवार

 

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात् ९एसईई ० परीक्षाको नतिजा असारको दास्रो हप्ता सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार असारको पहिलो हप्तासम्म सबै काम सकेपछि दास्रो हप्ता नतिजा सार्वजनिक गरिने भएको हो ।

अहिले उत्तरपुस्तिका इन्ट्रीको काम भइरहेको नियन्त्रक अधिकारीले भन्नुभयो, ‘केही उत्तरपुस्तिका परीक्षणको चरणमा पनि छ त्यो सकिएपछि असारको दास्रो हप्तासम्म नतिजा प्रकाशनको तयारीमा छौँ ।’

चैत १० गतेदेखि शुरु भएको एसईईमा देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए । जस्मध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस