नायक भूवन केसीको दुलही नायिका रीमा विश्वकर्मा बनिन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । तर, नवलपरासीमा भने भूवन केसीले नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा विश्वकर्माको बिहे रियलमा भने भएको होइन । यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहेको दृश्य खिचिएको हो ।
२०७९ साउन ३० गते सोमवार