• एउटै दृष्टि, भिन्न कोण
  • Search

मन्त्री चढेकाे गाडी खोलामा पल्टियो

२०७६ जेष्ठ २७ गते सोमवार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्नु भएको गाडी खोलामा पल्टिएको छ ।

सहरो खोलामा बन्न लागेको पक्की पुलको शिलान्यास गरी फर्कने क्रममा दरौ खोलामा पल्टिएको हो । सहरो खोलामा पुल नभएकाले खोलाबाट नै गाडी तार्नु पर्ने बाध्यता रहेको छ ।

बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा महासेठलाई बाहिर निकालिएको थियो ।

गाडी डुबे पनि मन्त्री महासेठ भने सकुशल रहनु भएको छ । खोलामा डुबेको गाडी क्रेनको सहायतामा खोलाबाट बाहिर निकालिएको स्रोतले बताएको छ ।

मन्त्रीका सवारी चालक ग्रामीण सडकका बारेमा अनभिग्य हुँदा दुर्घटना हुन पुगेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस