• एउटै दृष्टि, भिन्न कोण
  • Search

आवश्यकताअनुसार सरकारमा जान सकिन्छु

२०७६ जेष्ठ ३१ गते शुक्रवार

 

काठमाडौँ । अर्धभूमिगत पार्टी नेकपा ९मसाल०को महामन्त्रीमा पाँचौँ पटक मोहनविक्रम सिंह निर्वाचित भएका छन् । हालै काठमाडौँमा एक हप्तासम्म चलेको ८ औँ महाधिवेशनले उनलाई ८४ वर्षको उमेरमा पनि महामन्त्री बनायो ।

विक्रम सम्बत १९९२ वैशाख ३ गते काठमाडौँमा जन्मिएका सिंह नेपाली कम्युनिस्ट आन्दोलनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलगायतका दर्जनौँ नेताका राजनीतिक गुरु समेत हुन् ।

विक्रम सम्बत २००७ सालमा नेपाली काँग्रेसबाट राजनीतिमा प्रवेश गरेका सिंहले विक्रम सम्बत् २०१० सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४६ सालदेखि अर्थभूमिगत रहँदै आएका सिंह पारिवारिक विद्रोहबाट राजनीतिमा उदायका हुन् ।

जेठ १६ देखि २२ गतेसम्म काठमाडौँ सम्पन्न अधिवेशनका क्रममा पार्टीका भावी महामन्त्रीको रूपमा चर्चा गरिएका सन्तबहादुर नेपालीलगायत दर्जनौँ नेताहरूले प्रवेश पाएनन् । हामीले नेकपा मसालका नवनिर्वाचित महामन्त्री सिंहसँग कुराकानी गरेका छौँ ।

सबैभन्दा पहिले ८४ वर्ष पुगे पनि फेरि महामन्त्री हुनुभएकोमा तपाईलाई बधाई ।

बधाईका लागि धन्यवाद । यो सामान्य प्रक्रिया हो । पार्टीको काम, जिम्मेवारी पूरा गर्नु सामान्य प्रक्रिया हो । पार्टीले जुन अवसर दिएको छ, त्यसलाई मैले सहर्ष स्वीकार गर्छु । जबसम्म मेरो शरीरको क्षमता र काम गर्ने शक्ति हुन्छ तबसम्म मैले पार्टीको निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्छु । त्यही नै मेरो जिम्मेवारी हुन्छ ।

हामीसँग भिडियोमा कुराकानी गर्न अस्वीकार गर्नुभयो किन रु

हाम्रो पार्टीले त्यस्तै नीति बनायो । त्यसैले मैले तपाईलाई भिडियोमा कुराकानी गर्न असमर्थ भएको बताएँ । म अहिले भूमिगत छु । भोलि पार्टीले खुला बन्नुपर्छ भन्ने नीति लियो भने खुला पनि हुन सकिन्छ । खुला हुन पनि पर्छ । पार्टीले लिएको नीतिअनुसार हामीले काम गरेका छौँ ।

लामो समयदेखि पार्टीमा तपाई कै नेतृत्व छ । नेतृत्व विकास नभएर हो वा तपाईको इच्छा शक्तिले गर्दा रु

पार्टीभित्र कयौँ साथीहरू काम गर्न सक्ने हुनुहुन्छ । जबसम्म कसैको काम गर्न सक्ने क्षमता हुन्छ, पार्टीले जबसम्म उसलाई विश्वास गर्छ । तबसम्म उसकै नेतृत्वमा रहने कुरा हुन्छ ।

लामो समयदेखि तपाई मात्र पार्टी नेतृत्वमा हुनुहुन्छ । केही समय महामन्त्री नभए पनि अधिकांश समय तपाई लेनै नेतृत्व गर्नुपर्ने कारण रु

रामसिंह श्रीस, निर्मल लामा, चित्रबहादुर केसीलगायतले पनि पार्टी नेतृत्व गर्नुभएको छ । त्यसैअनुसार मैले पनि नेतृत्व गरेको हुँ । पार्टीले आवश्यकताअनुसार कसलाई उपयुक्त ठान्छ, त्यसैअनुसार अगाडि बढ्दै जानु पर्छ ।

त्यसो भए मलाई पुग्यो, अब तपाई नेतृत्व गर्नुस् भन्ने बेला भएको छैन रु

एउटा मार्क्सवादी, लेलिनवादी सिद्धान्त के हो भने भरसक पार्टी नेतृत्वले निरन्तरता पाएको राम्रो भन्ने हुन्छ । स्टालिन, माओलगायतले पनि लामो समयसम्म पार्टीको नेतृत्व गरेका छन् । त्यो कसैको काम गर्ने क्षमता र पार्टीको विश्वासमा निर्भर गर्ने कुरा हो ।

तपाई त अल्पमतमा जम्मा ती जना हुँदा पनि तपाईले अर्को समूह बनाएर नेतृत्व गर्नुभएको थियो रु पार्टीभित्रको अन्तर विरोध व्यवस्थापन गर्ने शैली आफूमा छैन भन्ने लाग्दैन तपाईलाई रु

अन्तर विरोध पार्टी जीवनमा कयौँ पटक पैदा हुन्छन् । जस्तो माओ पार्टी नेतृत्वमा रहँदा पनि अन्तर विरोध पैदा भएका थिए । लेलिन्, स्टालिन सबैजसो नेताको पालामा अन्तर विरोध भएका छन् । अन्तरविरोधको अर्के पृष्ठभूमि छ ।

अन्तर विरोध पार्टी जीवनमा कयौँ पटक पैदा हुन्छन् । जस्तो माओ पार्टी नेतृत्वमा रहँदा पनि अन्तर विरोध पैदा भएका थिए । लेलिन्, स्टालिन सबैजसो नेताको पालामा अन्तर विरोध भएका छन् । अन्तरविरोधको अर्के पृष्ठभूमि छ ।

पार्टीमा कयौँ पटक यस्ता खालका अन्तर विरोध आउँछन् । अन्तर विरोध भनेको स्वाभाविक प्रक्रिया हो । किनभने हाम्रो पार्टीले द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छ । द्वन्द्वबाटै नयाँ विचारको जन्म हुन्छ । तपाईले अरू पार्टीमा पनि यस्तो खालको अन्तर विरोध देख्नुभएको छ । त्यसैले यसलाई हामीले स्वाभाविक प्रक्रियाका रूपमा लिन्छौँ ।

अहिले पनि महाधिवेशनका क्रममा जीवन शर्मा, सन्तबहादुर नेपालीलगायतलाई सहभागी गराउनु भएन । अन्तर विरोध स्वभाविक भन्ने तर पार्टीभित्र फरक कुरा राख्नेलाई नेतृत्वबाट पाखा लगाउने रु

अन्तरविरोधका आधारमा कारबाही हुँदैन । मतभेद भए पनि कतिपय साथीसँग हामी लामो समयसम्म सँगै बस्यौँ । तर पार्टीका केही नियम हुन्छन्, अनुशासन, विधान पनि छ । अन्तरविरोधलाई हामीले गलत मान्दैनौँ तर पार्टीका नियम उल्लंघन भएपछि कारबाही हुन्छ । त्यसरी कयौँ साथीहरू कारबाहीमा पर्नुभएको छ ।

सङ्गठनात्मक अनुशासन, नियम पालना नगर्नेलाई कारबाही गर्ने स्वाभाविक प्रक्रिया हो । वैचारिक मतभेदलाई आधार बनाएर हामीले कहिल्यै कारबाही गर्दैनौँ ।

पारिवारिक विद्रोहबाटै राजनीतिमा लाग्नुभएको तपाई, पछिल्लो समय पारिवारिक स्वार्थमा लागेको त सत्य हो नि रु पछिल्लो चुनावकै कुरा गर्ने हो भने तपाईले आफ्नो परिवार९श्रीमती०लाई प्युठानबाट टिकट दिन अन्य ठाउँ छाड्नु भयो ।

तपाईले भनेको कुरा सत्य होइन, कतिपय बुर्जुवा नेताका परिवार पनि राजनीतिमा सक्रिय भएर काम गरेका हुन्छन् । कम्युनिस्ट पार्टीका नेताहरूका परिवार पनि कयौँले राजनीतिमा निरन्तर सक्रियता देखाएका छन् ।

हाम्रो पार्टीमा पनि त्यही कुरा लागु भएको हो । हाम्रो परिवारका सदस्यहरू पनि पार्टीमा सक्रिय हुनुपर्छ भन्ने कुरा हामीले कोसिस गर्छौं । यहाँ दुर्गा पौडेलको कुरा पनि त्यही हो । मसँग विवाह हुनुभन्दा १३र१४ वर्ष पहिलेदेखि उनी पार्टी सङ्गठनमा काम गर्दै आएकी हुन् । त्यस्तै अब मेरो छोराको कुरा पनि छ, उसको पनि २५ वर्षको आफ्नै इतिहास छ ।

कतिपय अनलाइनमा दुर्गा पौडेललाई जिताउन कमरेड चित्रबहादुर केसीलाई बागलुङबाट उठ्न दिएन भन्ने पनि आएको छ । त्यो कुरा पनि सत्य होइन, किन भने हामीले कमरेड चित्रबहादुर केसीलाई तीन तीन पल्ट बाग्लुङ्गबाट उम्मेदवार बनाउने निर्णय पनि गरेका थियौँ । अनुरोध पनि गरेका थियौँ । तर उहाँले आफ्नो स्वास्थ्यको कारणले सक्दिन भन्नुभयो । त्यस कारणले गर्दा हामीले प्युठानबाट दुर्गालाई अगाडि सारेका हौँ ।

अर्को कुरा कतिपय अनलाइनमा दुर्गा पौडेललाई जिताउन कमरेड चित्रबहादुर केसीलाई बागलुङबाट उठ्न दिएन भन्ने पनि आएको छ । त्यो कुरा पनि सत्य होइन, किन भने हामीले कमरेड चित्रबहादुर केसीलाई तीन तीन पल्ट बाग्लुङ्गबाट उम्मेदवार बनाउने निर्णय पनि गरेका थियौँ । अनुरोध पनि गरेका थियौँ । तर उहाँले आफ्नो स्वास्थ्यको कारणले सक्दिन भन्नुभयो । त्यस कारणले गर्दा हामीले प्युठानबाट दुर्गालाई अगाडि सारेका हौँ ।

अर्को कुरा मेरो छोराको पनि चर्चा हुन्छ । कतिपय मान्छेले आफू राजनीतिमा लाग्ने र छोराछोरीलाई जागिरमा लगाउने वा पैसा कमाउन लगाउने गरेका छन् । हामीले त त्यसो गरेका छैनौँ । परिवारका सदस्यको पनि आफ्नै इतिहास छ ।

सन्तबहादुर नेपाली, जीवन शर्मा, नारायण शर्मा, नारायण योगीलगायतका नेताको भविष्य के हुन्छ तपाईको पार्टीमा रु अघोषित कारबाही गर्नुभएको हो कि होइन रु

पार्टीमा आवश्यकताअनुसार कयौँ साथीलाई कारबाही हुन्छ । महाधिवेशनमा आउने कुरा पार्टीभित्रको आन्तरिक मतदान हुन्छ, कतिपय जिल्लाबाट साथीहरू जितेर मात्र अगाडि आउने गर्नुहुन्छ ।

महाधिवेशनमा को आए वा आएनन् भन्ने कुराभन्दा को प्रतिनिधि बनेर आउन सके वा सकेनन् भन्ने कुरा हो । त्यसैमा निर्भर गर्ने कुरा हो । हामीले कसैलाई पाखा लगाएको कुरा होइन ।

कतिपय साथीहरू एक पटक आलोचनामा पर्दा जीवन भरका लागि अलग भएका छन् । तर कतिपय साथीहरू दुई तीन पटकसम्म कारबाहीमा परे पनि यही पार्टीमा हुनुहुन्छ । म पनि दुई तीन पटक कारबाहीमा परेको छु ।

पार्टीमा आवश्यकताअनुसार कयौँ साथीलाई कारबाही हुन्छ । महाधिवेशनमा आउने कुरा पार्टीभित्रको आन्तरिक मतदान हुन्छ, कतिपय जिल्लाबाट साथीहरू जितेर मात्र अगाडि आउने गर्नुहुन्छ ।

पार्टीले मलाई कारबाही गरे पनि, पार्टीले लगाएका काम पनि गरेको छु । कतिपय साथीहरू एक पटक आलोचना भयो भनेर जीवनभर छाडेका पनि छन् । तर पार्टीमा जतिसम्म काम गरिन्छ, पार्टीका नीति र अनुशासन अनुसारका काम गर्नुपर्छ ।

तपाईँले भनेका साथीहरू कसैलाई पनि हामीले निष्कासन गरेका छैनौँ । तर हाम्रो पार्टीमा को हुनुहुन्छ वा हुनुहुन्छ भन्ने कुरा जरुरी भएन । विभिन्न मोर्चाहरूमा उहाँहरूले काम गरिरहनु भएको छ ।

तपाईँले पार्टीमा अब आजीवन नेतृत्व गर्नु हुन्छ की निश्चित समयपछि छाड्नु हुन्छ रु

हामीले त्यसरी हेर्दैनौँ । हामीले आवश्यकताअनुसार नेतृत्व चयन गर्छौँ । पार्टीले मलाई निरन्तर विश्वास गरेमा म नेतृत्वमा हुन्छु । पार्टीले मलाई भोलि नै आवश्यक ठानेन भने मैले नेतृत्व छोड्नु पर्छ ।

अधिवेशनपछि जारी गरिएको विज्ञप्तिमा तपाईहरूले सरकारलाई समर्थन र विरोध दुवै गरेको देखिन्छ । तपाईँहरूको नीति ुहो पनि, होइन पनिु भन्ने किन हुन्छ रु

यो ढुलमुले होइन, यो द्वन्द्वात्मक अवस्था हो । कयौँ पटक हामीले एउटै शक्तिलाई समर्थन पनि गरेका छौँ, विरोध पनि गरेका हुन्छौँ । हामीले अहिले नेपाली काँग्रेस, राप्रपा र मधेसवादी दललाई दुस्मन शक्ति भनेका छौँ । तर काँग्रेससँग कतिपय अवस्थामा कार्यगत एकता गरेका छौँ । आवश्यकताका आधारमा हामीले यो कुराको टुङ्गो लगाउँछौँ ।

राजा महेन्द्रले पूर्वपश्चिम राजमार्ग बनाउने बेलामा हामीले उनलाई साथ दिएका थियौँ । राजमार्ग बनाउने बेलामा भारतले निक्कै समस्या ल्याएको थियो । त्यो बेलामा हामीले महेन्द्रको समर्थन गरेका थियौँ ।

पार्टीले कुनै ठाउँ विषय वा घटना विषयमा समर्थन र विरोध गर्न सक्छ । अहिले पनि हामीले वर्तमान सरकारलाई प्रतिगामी सरकार भनेका छैनौँ । यो सरकारलाई देशभक्त र वामपन्थीको सरकार भनेका छौँ ।

राजा महेन्द्रले पूर्वपश्चिम राजमार्ग बनाउने बेलामा हामीले उनलाई साथ दिएका थियौँ । राजमार्ग बनाउने बेलामा भारतले निक्कै समस्या ल्याएको थियो । त्यो बेलामा हामीले महेन्द्रको समर्थन गरेका थियौँ ।

तर यसलाई हामीले ढुलमुले अवसरवाद पनि भनेका छौँ । नागरिकता विधेयकको विषय लगायतका कतिपय विषयमा सरकारले गलत गरिरहेको छ । गलत नीतिहरूको हामीले विरोध पनि गरेका छौँ ।

अब तपाईँको पार्टी सरकारमा जान सक्ने सम्भावना कति छ रु

यो विषय हाम्रो कार्यनीतिअन्तर्गत पर्ने भएकाले आवश्यकताअनुसार सरकारमा जान सकिन्छ । तर जान सक्छौँ वा जानु पर्दछ भन्ने होइन । पहिले भारतको नाकाबन्दीका बेला सरकारले प्रस्ट नीति अपनाएकोले हामी सरकारमा सामेल भयौँ ।

कमरेड चित्रबहादुर केसी सरकारमा सहभागी हुनु भएको थियो । त्यसपछि फेरि काँग्रेसको सरकार बन्यो तर हामी गएनौँ । हाम्रो सरकारमा जाने नीति भएन । अहिलेको सरकारमा जाने भन्ने हामीले नीति बनाएका छैनौँ ।

पहिले एमालेले जुन छवि बनाएको थियो अहिलेको सरकारको छवि राम्रो छैन । समाजवाद उन्मुख व्यवस्था भनिए पनि सरकारले समाजवाद उन्मुख नीति अपनाएको छैन । गलत प्रकारका नीतिहरू ल्याएको छ ।

यो विषय हाम्रो कार्यनीतिअन्तर्गत पर्ने भएकाले आवश्यकताअनुसार सरकारमा जान सकिन्छ । तर जान सक्छौँ वा जानु पर्दछ भन्ने होइन । पहिले भारतको नाकाबन्दीका बेला सरकारले प्रस्ट नीति अपनाएकोले हामी सरकारमा सामेल भयौँ ।

त्यसैले यस्तो अवस्थामा हामी सरकारमा जान सक्दैनौँ । तर आवश्यकताअनुसार कार्यनीति परिवर्तन गर्न सकिन्छ । अहिलेलाई भने सरकारमा जाने भन्ने हाम्रो नीति छैन ।

तपाईँले सुरुदेखि जनवादी क्रान्तिको नारा अगाडि सार्नु भएको छ । आवश्यकताअनुसार बल प्रयोगको सिद्धान्त पनि तपाईँहरूको छ । अब कहिले गर्नुहुन्छ तपाईँले भनेको क्रान्ति रु

यस्तो विषयमा भविष्यवाणी गर्न सकिँदैन । संसारभरको कम्युनिस्ट आन्दोलन ओरालो लागेको अवस्था छ । चीन समाजवादी भन्छ तर पुँजीवादमा गइसकेको छ । अन्य समाजवादी देशहरूमा पनि कम्युनिस्टहरू पतन भइरहेका छन् । यस्तो अवस्थामा पनि हाम्रो पार्टीले तयारी गरिरहेको छ । यस्तो अवस्थामा हामीले समाजवादी क्रान्तिको आधार तयार गर्ने काम गरिरहेका छौँ ।

कार्यनीतिको रूपमा अहिले हामीले गणतन्त्रलाई समर्थन गरेका छौँ । संविधानलाई हामीले समर्थन गरेका छौँ । अहिलेको विश्व स्थिति, देशको बस्तु स्थिति लगायतका कुरालाई हेर्दा अहिले नयाँ जनवादी क्रान्ति गर्ने स्थिति देखेका छैनौँ ।

कार्यनीतिको रूपमा अहिले हामीले गणतन्त्रलाई समर्थन गरेका छौँ । संविधानलाई हामीले समर्थन गरेका छौँ । अहिलेको विश्व स्थिति, देशको बस्तु स्थिति लगायतका कुरालाई हेर्दा अहिले नयाँ जनवादी क्रान्ति गर्ने स्थिति देखेका छैनौँ ।

प्रतिक्रिया दिनुहोस