- कुसुम कुसुम
प्रधानमन्त्रीले आफ्नो संबोधनमा ‘लोकतन्त्र, सँघीयता र गणतन्त्रबादी अहिलेको नेकपा सरकारविरुद्ध उग्रबामपन्थीदेखि घोर दक्षिणपन्थी शक्तिहरु एक ठाउँमा आएको’ भन्नुभएछ ।
अर्थात सरकारमा भएका दलहरु मात्र लोकतन्त्र, सँघीयता र गणतन्त्रबादी, बाँकी सबै उग्र बाम र घोर दक्षिणपन्थी भन्ने उहाँको दलील ।
अहो, आफ्नै निकट अतित नियालेको भए हुन्थ्यो नी प्रमज्यूले ।
ओलीजीले बयलगाडा चढेर गणतन्त्र आउँदैन भनेर बालकोटमा भुटेका काजु खाँदै आन्दोलनकारीको उपहास गरेको विर्सनुभयो ?
संघीयताका हकमा ओलीजीले उतिबेलै साप्ताहिक संजालका पत्रकारहरुको वैठकमा ‘विदेशी छौंडाहरुले सँघीयता लादेर देश बर्बाद पारे’ भनेकै हो ।
लोकतन्त्रको कुरा गर्नुहुन्छ भने ज्ञानेन्द्रको शासनमा प्रतिगमन आधा सच्चियो भनेर मन्त्री खान गएकै हो । राजालाई यहाँहरुले दाम राखेर ढागेकै हो । प्रधानमन्त्री पाउँ भनेर राजाकहाँ बिन्तीपत्र चढाएकै हो ।
अतः नेकपाभित्रको पूर्व एमालेले आफुलाई लोकतन्त्रबादी, संघीयताबादी र गणतन्त्रबादी भनेको चाहिँ सुहाएन । हो, तपाइहरुलाई चैते गणतन्त्रबादी, चैते संघीयताबादी र चैते लोकतन्त्रबादी भन्न सकिन्छ । तर, खासमा तपाइहरु अवसरबादी र ढुलमुलबादी हो ।
सरकारको विरोधमा सडकमा उत्रिएका, सरकारको विरोध गर्ने सबैलाई मुर्तीचोर र मण्डले देख्ने प्रधानमन्त्रीका आँखाले राम्ररी ठम्याए हुन्छ, यतिबेला माधव नेपाल, योगेश भट्टराई, रामकुमारी झाँक्री, भीम रावलहरुले पनि तपाइका गलत हर्कतको विरोध गरिरहनुभएको छ । के उहाँहरु पनि मुर्ती चोर हो ?