• एउटै दृष्टि, भिन्न कोण
  • Search

समाचारमा रमाउने शान्ता चौधरी…

२०७६ असार २६ गते बिहिवार

टिप्पनी

इतिहास सबैको हुन्छ । हो, कोहि गरिब परिवारमा जन्मियो, त कोहि सम्पन्न परिवारमा । नेपाली समाजमा आ–आफ्नै समस्या थिए । देशमा राजनीतिक समस्या मात्रै होइन, सामाजिक समस्या धेरै छन् । दाङको थारु बस्तीमा जन्मिएर, हुर्किएकी शान्ता चौधरीका जीवनका कथापनि बिल्कुलै फरक छन् । के शान्ता मात्रै हुन् त त्यो गाउँको, त्यो दुःखमा हुर्किएकी ? पक्कै होइनन् । उनको समाजमा उनीभन्दा कहालीलाग्दा दिनचर्या बिताउने र बिताएका नारीहरुपनि थिए र अहिलेपनि छन् ।

संयोगले शान्ता राजनीतिमा आइन् । उनी राजनीतिमा योग्य भएर आइन् या आइनन् त्यो फरक पाटो बन्र्ला ? तरपनि उनी तत्कालिन एमालेको राजनीतिमा आएपछि, उनको जीवनमा दुःख भन्ने फर्केरपनि हेर्नु परेन । निकै राम्रो । धेरै राम्रो । शान्ता मात्रै होइन ती थारु समुदायिका पूर्बकमलरी र अन्य नारीहरुको जीवनमापनि सरकारी गाडी र सामाजिक सञ्जालका समाचार देख्दै रमाउने दिन छिटै आउन् ।

शान्ता आफैले फेसबुक चलाउछिन् । यो कुरामा दुईमत छैन । तर उनका समाचार बन्न लाएर पोस्ट भने आफै गर्दिननँ । उनको फेसबुक लागि प्रचारक पक्कै छ । अरुले नै लेखिदिने स्टाटस् अब आफै लेख्न सकुन् । अब त आफैपनि लेख्न थालिन् होला ? उनीलाई थाहा भैसक्यो, कसरी मौसम अरुसार फेसबुकमा खेतीपाती गर्ने र अनलाईहरुमा समाचार बन्छन् भनेर :

मान्छे सत्तामा पुगेपछि, आफ्नो बिगत र औकात बिर्सन्छ । हो शान्ता चौधरीपनि आजकाल त्यहीँ समूहकी एक मात्र हुन् । उनलाइ पछिल्लो चरणमा जनताभन्दा सरकारकै बेसी चाकडी गर्नुपर्छ । यो उनको रहर नभएर बाध्यतापनि होला । उनले जनताले गर्ने हरेक आन्दोलन सरकारी आँखाबाट हेर्दा, प्रतिपक्ष र दलालहरुकै समूहले गरेको वा प्ररिचालित गरेको देख्छिन् । पिडित नारीहरुको पक्षमा बोल्ने उनको स्वर सत्ताले बन्द गराइदिएको छ, हुनपनि राम्रो कुरापक्षमा बोल्दा आफुलाई वा आफ्नो जीवनको बाटोमा अथवा पद, प्रतिस्ठामा असर गर्छ भने नबोल्नु नै उत्तम । तरपनि समाचार बन्न लाएक पोस्छ र अरिङगालहरु रमाउने समाचारमा उनीपनि रमाएकै छिन् । निर्मला पन्तजस्ता चेलीहरुले के शान्ता चौधरी सचेतक बनेको पार्टीको सरकारबाट न्याय पाउदैनन् । नत शान्ताहरु सरकारलाई हत्यारा पत्ता लगाउ भन्न नै सक्छन् ? सक्छन् त केवलः कांग्रेसले सरकार असफल बनाउने काममा लाग्यो । ओली इतिहासकै राम्रा प्रधानमन्त्री ? बालुवार जग्गा खोज्ने पहिलो ओली सरकारः यस्तै–यस्तै बोली र यी बोलीबाट रमाउने शान्ता चौधरी प्रति उच्च सम्मान ।

सरकारले भारतीय बिषदीयुक्त तरकारी बन्द गनुपर्छ तपाई भन्नुहुन्छ, भन्नुहुन्छ त, ओलीले ने पत्ता लाए भन्नुहुन्छ । तपाई अब मन्त्री बन्नु होला, तपाई अब सभामुख बन्नु होला ? तर तपाई पिडित नारीको पक्षमा बोल्ने असर, निडर र दबिएको आवाज कहिँलै बन्नु हुन्छ । हुनत निर्मलाको हत्यारा पत्ता लाग्दा, बालुबाटारका दलाललाई कारबाही हुदा केहि मिल्दैन तपाईलाई ? ओलीको चाकडी गर्नुभयो भने अबस्य सरकारी गाडी र पिर्के सलामी खादै हिड्ने पदहरु पाउनु हुनेछ । तपाईलाई शुभकामना, तपाईको बाटो कतैपनि नरोकियोस् । तपाईलाई शुभ यात्रा…र तपाई बदलिएको तपाईको देशमा करौडौं जनताले तरकारीका नाममा बिष खाईरहने छन् ।

प्रतिक्रिया दिनुहोस