साझा पार्टीले आफ्ना नेताहरुलाई गुप्तचर निकायका सदस्यसँग भेट गर्न रोक लगाएको छ । सार्वजनिक पार्टीको निर्देशिकाको छैटौं बुँदामा पार्टी केन्द्रीय समितिका सदस्यहरुले कुनै पनि गुप्तचर निकायका सदस्यसँग भेट गर्न पाउने छैनन् भनिएको छ । साथै औपचारिक कार्यक्रम वा पार्टीको विदेश विभागले अनुमति दिएको काममा मात्र दूतावास जान पाइनेछ । निर्देशिका पालना नभए विदेश विभागले स्पष्टिकरण सोधेर अनुशासनको कारबाहीका लागि सिफारिस गर्नेछ ।
२०७९ जेष्ठ ११ गते बुधवार