पूर्वमाओवादी केन्द्रका नेताहरूले जनताको बहुदलीय जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनु पर्छ भनी वकालत गरिरहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई पार्टीको नीति कार्यक्रम र कार्यदिशाबारे छलफल चलाउने स्कुल विभागको जिम्मेवारी दिन नहुने तर्क गरेका छन्।
बरु स्कुल विभाग पार्टी अध्यक्षहरूले नै राख्दा हामी सहमत छौं तर ईश्वर कमरेडलाई जिम्मेवारी दिने विषयमा छलफल गरियोस् भन्ने हाम्रो धारणा हो, एक नेताले भने।