• एउटै दृष्टि, भिन्न कोण
  • Search

लेलिन बिष्टको नाम सुन्यो कि, तर्सिन्छन् प्रचण्ड !

२०७६ साउन १९ गते आइतवार

दस वर्षे तत्कालीन नेकपा (माओवादी)का सुप्रिम कमाण्डर एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगमा उभ्याउँछौं भन्ने बालसैन्यको प्रमुख टोलीले नेपालस्थित संयुक्त राष्ट्र संघ (यूएन)को कार्यालय प्रमुखसँग भेटवार्ता गरेको छ ।

बालसैन्यहरुको संगठनको ईन्चार्ज लेनिन विष्टको नेतृत्वमा ललितपुरको पुल्चोकस्थित कार्यालयमा भेटवार्ता गरेको हो । टोलीले सशस्त्र द्वन्द्वरत माओवादीका तत्कालीन अध्यक्ष प्रचण्डले जनयुद्धमा फौजदारी कानूनविपरीत बालक उमेरमै आफूहरुलाई जनमुक्ति सेनामा हिँडाएको र जोमिखपूर्ण काम गर्न लगाएको बताएका छन् ।

२०६३ को तत्कालीन सरकार र माओवादीबीच शान्तिप्रक्रिया शुरुभएपछि आफूलाई जनमुक्ति सेनाको रुपमा देशका विभिन्न भागमा अस्थायी क्यान्टोनमेन्ट राखिएको र पछि संयुक्त राष्ट्र संघीय मिसन इन नेपाल (अनमिन)ले २ हजार ९ सय ७३ जनालाई बालसैन्यको कित्तामा राखेर सेना समायोजन प्रक्रियामा जान समेत रोक लगाउने काम भएको विषयलाई राखेको थियो । टोलीले कार्यालय प्रमुख वलेरिइ जुलियण्डलाई ७ बुँदे मागसहित चार पृष्ठ लामो पत्र बुझाएको छ । अनमिनकाे भूमिकाबारे पनि छलफल भएकाे बताइएकाे छ । भेटवार्ताका क्रममा कार्यालय प्रमुखले अनमिनले लगाएकाे ‘अयाेग्य’ शब्दवालीलाई बहिर्गमित वा अन्य भन्नेबारे पनि छलफल गर्ने अाश्वासन पाएकाे उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस