• एउटै दृष्टि, भिन्न कोण
  • Search

भारत सरकारद्वारा जम्मू-कश्मीरको विशेषाधिकार खारेज !

२०७६ साउन २० गते सोमवार

भारत सरकारले जम्मु(कश्मीरलाई दिइँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको छ । संविधानको धारा ३७० र अनुच्छेद ५ खारेज गरिएसँगै जम्मु कश्मीरको विशेष अधिकार खोसिएको हो ।

मोदी सरकारको सो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भएलगत्तै अब जम्मु कश्मिरमाथिको शासन सीधै हिन्दूवादी दल भाजपाको सरकारले गर्नेछ ।

कश्मिर इस्लामिक बाहुल्य क्षेत्र हो । भारत(पाकिस्तान विभाजनपछि कश्मिरको भूमि विवादित हुँदै आएको छ ।

सरकारको पछिल्लो निर्णय अनुसार अब प्रसिद्ध पर्यटकीय उच्च हिमाली क्षेत्र लद्दाख जम्मु(कश्मिरबाट अलग भएको छ । अब लद्दाख र कश्मिर केन्द्र शासित अलग(अलग राज्य बन्नेछन् ।

भारतीय सन्चारमाध्यमहरुले भारत स्वतन्त्रतापछि कश्मिरले दोस्रोपटक स्वतन्त्रता पाएको भन्दै अब मिसन कस्मिरमा मोदीको नीति लागु हने टिप्पणी गरेका छन् ।

सन् १९५४ मा कश्मिरलाई भारतमा गाभ्ने क्रममा महाराराजा हरि सिंहसँग भएको सम्झौता बमोजिम भारतको संविधानमा अनुच्छेद ३७० व्यवस्था गरी बिभिन्न प्रावधान राखिएको थियो ।

मोदी सरकारले संविधानको धारा ३७० हटाउने प्रस्ताव संसदमा पेश गर्नुअघि जम्मु कश्मिरका नेताहरुलाई नजरबन्द गरी सन्चार सम्पर्क समेत बिच्छेद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस