सागर थापा : नेपाली राष्ट्रिय फुटबल टिमका पुर्ब कप्तान – फुटबलबाहेक जीवनमा अरु केहि थिएन । अहिलेसम्म राष्ट्रिय टोलीबाट निरन्तर ८८ वटा म्याच खेलेँ । कुनै म्याचमा मैदान छाडेर निस्किनँ । कुनै म्याचमा ड्रप भइनँ । कहिल्यै घाइते भइनँ । हरेक म्याचमा १०० प्रतिशत दिने प्रयास गरेँ । तर, मेरो यतिका वर्षसम्मको योगदान पानीको फोहोरा जसरी फुटेको छ । अहिले आएर के मन दुखाउनु ।


