• एउटै दृष्टि, भिन्न कोण
  • Search

राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार हो !

२०७६ साउन २५ गते शनिवार

राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका छन् । राप्रपाको प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ति प्रकट गर्दै राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका हुन् ।

थापाले कांग्रेस र कम्युनिष्ट पटक पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरिने दृढता प्रकट गरेका छन् । अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संबैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेको हुँदा राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको र यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता भएको कारण २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस