काठमाडाैं । कुकुर वा बाँदरले टोक्यो भने रेबिजको कीटाणु उनीहरूको र्यालबाट सर्छ। नसाबाट शरीरमा रेबिजका भाइरस पस्छन् ।
एकदमै मन्द गतिमा सर्छ। तर, दिमागमा पुगेपछि बिरामीको मृत्यु हुन्छ। खुट्टामा टोकेको हो भने त्यो सरेर दिमागमा पुग्न समय लाग्छ। तर, घाँटीमा टोकेको हो भने छिट्टै दिमागमा पुग्छ ।
एन्टिरेबिज सुईले यसलाई रोक्न सक्छ। रेबिज प्राणघातक रोग भएकाले लक्षण देखिइसकेपछि उपचार सम्भव हुँदैन ।
कुकुरले टोक्नेबित्तिकै धाराबाट बगिरहेको पानीमा राम्ररी पखाल्नुपर्छ । साबुनपानीले र्याल पखाल्दा जान सक्छ। तातोपानीले राम्रोसँग केही मिनेटसम्म धोए पनि किशोरीको ज्यान बच्न सक्छ ।