काठमाडौं । मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टलाई हवाई जहाजबाट बाहिर निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर जान लागेका थिए । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् ।
यो कुराको पुष्टि न्यौपाने आफैंले गरेका छन् । उनले फेसबुकमार्फत अडियो लाइभ गर्दै भनेका छन्, ‘एयरलाइन्समा बोर्ड गरिसकेपछि, सिटमा बसिसकेपछि त्यहाँको क्याप्टेन आएर आई क्यान नट फ्लाई विथ यू भन्यो ।’
यो कुरा सार्वजनिक भएपछि न्यौपानेले फेसबुक लाइभमार्फत घटनाक्रमबारे सविस्तार जानकारी दिएका छन् । न्यौपानेका अनुसार भट्ट र उनी त्यो दिन सँगै थिए । उनीहरु बिजनेस मिटिङहरुमा सहभागी थिए । त्यसैक्रममा मदिरा सेवन गरेको उनले स्वीकारेका छन् ।