• एउटै दृष्टि, भिन्न कोण
  • Search

अदालतले रवी सहित ३ जनालाई धरौटीमा छोड्यो, कसले कति तिरे ?

२०७६ भाद्र ९ गते सोमवार

चितवन । पत्रकार शा’लिक’राम पुडासैनी आ’त्म ह’त्या प्रकरणमा आ’त्मह’त्या दुरुत्साहन मुद्दा लागेका सञ्चारकर्मी रवि ला’मिछानेलाई चितवन जिल्ला अदालतले रिहा गरेको छ ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामि’छानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

आ’त्मह’त्या गर्नुअघि पत्रकार पु’डासैनी’ले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आ’त्म’ह’त्या दुरु’त्साहनको मुद्दा दायर गरेको थियो । मुद्दामा अभियुक्तहरुसँग अदालतले आइतबार र सोमबार गरेर दुई दिनसम्म बयान लिएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान सकिएपछि थुन छेकको लागि मुद्दाको पक्षमा र विपक्षमा वकिलहरुले बहस गरेका थिए ।

आ’त्मह’त्या प्रकरणमा संलग्न भएको आरोपमा चितवन प्रहरी र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सञ्चारकर्मी लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयबाट साउन ३० गते साँझ पक्राउ गरेर चितवन ल्याएको थियो । अर्की आरोपित अस्मिता कार्कीलाई भने साउन २९ गते नै प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पु’डासै’नी साउन २१ गते चितवनको एक होटलमा झु’ण्डि’एको अवस्थामा फेला परेका थिए । केही समय अघिसम्म पु’डा’सैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा थिए ।

प्रतिक्रिया दिनुहोस