• एउटै दृष्टि, भिन्न कोण
  • Search

पत्रकार खेम भण्डारीको रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा मुद्दा !

२०७६ भाद्र ११ गते बुधवार

पत्रकार खेम भण्डारीले सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा मुद्दा दर्ता गरेका छन्। पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको उल्लघन गरेको भन्दै उनले काउन्सिलमा मुद्धा दर्ता गराएका हुन्।

लामिछाने सहित न्यूज २४ टेलिभिजन, सिधा कुरा जनतासंग कार्यक्रम विरुद्ध ईमेल मार्फत मुद्धा दर्ता गरिएको पत्रकार भण्डारीले बताए। उनले पत्रकार आचारसंहिताको उल्लघन गर्दै विपक्षीहरुले आफुलाई समेत अन्यायमा पारेको र पत्रकारिता पेशलाई नै कलंकीत पार्ने गरि काम गरेको आरोप लगाएका छन्। स्रोत : दिनेशखबर

प्रतिक्रिया दिनुहोस