• एउटै दृष्टि, भिन्न कोण
  • Search

अमेरिकामा सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु !

२०७६ भाद्र १९ गते बिहिवार

अमेरिकाको मिजुरीमा भएको सवारी दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गोविन्द खनाल, उनकी श्रीमती शान्ता खनाल र छोरी श्रद्धा खनाल रहेका छन् । घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरी घाइते भएका छन् । प्रभासको अवस्था स्थिर छ भने ४ वर्षीया छोरीको अवस्था चिन्ताजनक छ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

गोविन्दको घटनास्थलमा नै र श्रद्धा तथा आमा शान्तालाई अस्पताल लैजानेवित्तिकै मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस