राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र अन्त्य गर्न भारतीय खुफिया एजेन्सी ‘रअ’ ले नेपालका नेताहरु प्रयोग गरेको भन्ने विषयमा संसदीय छानविनको माग गरेका छन् ।
एक भारतीय पूर्वगुप्तचर प्रमुखको पुस्तकमा राजतन्त्र हटाउन कसरी माओवादी नेतृत्वलाई कन्भिन्स गरियो भन्ने उल्लेख गरेका छन् ।
राप्रपा अध्यक्ष थापाले खुफिया एजेन्सीको योजना बमोजिम मुलुकको पूर्व प्रधानमन्त्री र भविष्यमा पनि प्रम हुन सक्ने सम्मानित व्यक्तिलाई प्रयोग गरिएको भन्ने बिषय राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भविष्यको सन्दर्भमा अन्त्यन्त गम्भीर र संवेदनशील भएको हुँदा संसदले छानबिन समिति गठन गर्नुपर्ने बताए ।