• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल लोक स्टारमा १० प्रतिस्पर्धी !

२०७६ भाद्र १९ गते बिहिवार

काठमाडौं । आइएमई नेपाल लोक स्टारको अब उत्कृष्ट १० अर्थात टप टेन सांगीतिक प्रतिस्पर्धा हुने भएको छ । एपी वान एचडी र डिसहोम रमाइलोबाट प्रसारण भइरहेको यो कार्यक्रममा आइएमईको मुख्य प्रायोजन रहेको छ ।

चाहना मिडिया प्रालिद्वारा उत्पादित नेपालको सबैभन्दा ठूलो रियालिटी सो ७ प्रदेशका मुख्य सहर धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिसनमा प्रतियोगितामा ३ सय ५० जना प्रतिस्पर्धी छानिएका थिए ।

विभिन्न चरणको अडिसनबाट विनोद दनुवार उदयपुर, चेतन गोतामे स्याङजा, दीपेन्द्र राई भोजपुर, मुना अर्याल चितवन, पविन्द्र सुनार बाजुरा, प्रभुराज पाण्डे बाजुरा, रामकुमार नेपाली रामेछाप, रविराज शाह सर्लाही, शनि विश्वकर्मा रोल्पा र सुशिल आचार्य अर्घाखाँची दश प्रतियोगी टप टेनमा पुग्न सफल भएका छन् ।

प्रत्येक बिहीबार र शुक्रबार बेलुकी प्रसारण भइरहेको नेपाल लोक स्टारको प्रथम पुरस्कार ५० लाख रहेको छ । द्वितीय पुरस्कार २५ लाख र तृतीय १० लाख रहेको छ । सबै विजेतालाई एल्बमको कन्ट्रयाक्टको व्यवस्थासमेत रहेको छ । उक्त सोको निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस