• एउटै दृष्टि, भिन्न कोण
  • Search

अञ्‍जनको दुई गोलमा नेपाल विजयी !

२०७६ भाद्र २४ गते मङ्गलवार

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ ।

मंगलबार भएको खेलमा घरेलु टोली चाईनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।

ताइपे स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जन बिष्ट नायक बने । दुवै गोल अन्जनले गरेका थिए ।

खेलको तेस्रो मिनेटमा हेड गोल गर्दै अन्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । रबी पासवानलाई लडाएपछि पाएको फ्रिकिकमा अन्जनले गोल गरेका हुन् । सुजल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेड गोल गरेका थिए ।

त्यसपछि खेलको दोस्रो हाफको ६३ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को जित दिलाए । सुजलकै हेड पासमा अन्जनले उत्कृष्ट गोल गरेका थिए ।

योसँगै ताइपेविरुद्ध नेपालले पहिलो जित दर्ता गरेको छ । यसअघि गत जेठमा भएको मैत्रिपूर्ण खेलमा नेपालले ताइपेसँग १(१ गोलको बराबरी खेलेको थियो ।

जितसँगै समूह बी को नेपालले २ खेलबाट ३ अंक जोडेको छ । र, नेपाल समूहको तेस्रो स्थानमा रहेको छ ।

छनोटको पहिलो खेलमा भने नेपाल कुवेतसँग उसैको मैदानमा ७-० ले पराजित भएको थियो ।

ताइपेको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ताइपे जोर्डनसँग पराजित भएको थियो । ताइपे पुछारमा रहेको छ ।

अब नेपालले अक्टोबर १० मा अष्ट्रेलिया र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस