• एउटै दृष्टि, भिन्न कोण
  • Search

बरिष्ठ पत्रकार किशोर श्रेष्ठ, विश्व प्रेस काउन्सिलको महासचिव बने !

२०७६ भाद्र २७ गते शुक्रवार

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् ।

उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो । श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस