भारतका गृहमन्त्री अमित शाहले भारत सरकारले असाममा नेशनल रजिस्टर अफ सिटिजन्स– एनआरसीको सूची प्रकाशित गरेर कडाइ गर्न लागे पनि नेपाली चिन्तित हुनु नपर्ने बताएका छन् । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँग नयाँ दिल्लीमा कुराकानी गर्दै भारतका गृहमन्त्रीले सो कुरा बताएका हुन् ।
यो नियम भिसा नलिइकन आउने घुसपेठियाहरुको लागि भएको भन्ने उहाँको भनाइ रहेको छ । उनले सो अवसरमा नेपालसँगको सम्बन्धलाई भारतको अहिलेको सरकारले अत्यन्त महत्व दिएको बताएको समेत राजदूत आचार्यले जानकारी दिए ।