काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बैठकमा उपस्थित नहुने भएपछि समेबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको हो ।
अर्को बैठक पुस २ गते दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेसले बताएको छ । पौडेल समूहले आज पनि बैठक बहिष्कार गर्ने भएपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको बताइएको छ ।