• एउटै दृष्टि, भिन्न कोण
  • Search

किसानले सडकमा अण्डा फुटाए

२०७६ पुष १ गते मङ्गलवार

मंसिर २८ गते अण्डा उत्पादक संघ र वितरकहरूको अण्डाको मूल्य निर्धारण गरिएको विषयमा पक्राउ परेका पांँच जना किसानलाई हालसम्म रिहाई नगरिएको भन्दै किसानले भरतपुरको व्यस्त सडकमा अण्डा फुटाएर विरोध गरेका छन् ।
भरतपुरमा संघले बिनाकसुर उनीहरूलाई हिरासतमा राखेर मुद्दा चलाएको भन्दै विरोधस्वरूप अण्डा नष्ट गरेका हुन् । उनीहरूले बिचौलियाको विरोधमा जिल्ला प्रहरी कार्यालय, अगाडि हुँदै चौबीसकोठीसम्म प्रदर्शन गरेका थिए । चौबीसकोठीमा पुगेर उनीहरूले १५ पेटीभन्दा बढी अण्डा फुटाएको एक किसानले बताए ।
प्रदर्शनमा बिचौलिया मुर्दावाद । निर्दोष किसानलाई बिनासर्त रिहाई गर, सम्पूर्ण किसान एक हौं लेखिएका प्लेकार्ड बोकेका थिए । अण्डा उत्पादक संघका केन्द्री कोषाध्यक्ष राजकुमार श्रेष्ठले विनाकसुर किसानलाई हिरासतमा राखिएको र नछाडिएकाले अण्डा नष्ट गरेर विरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस