• एउटै दृष्टि, भिन्न कोण
  • Search

भोलि बिहान ८: ४२ देखि सूर्य ग्रहण, के गर्नु हुन्छ के हुँदैन 

२०७६ पुष ९ गते बुधवार

काठमाडौं । पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्ने छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा शुरू हुने ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ ।
नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार यो सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिणको बीचमा पुगेर मोक्ष हुनेछ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एसियाका सबै तथा हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकालगायत विश्वका अधिकांश ठाउँबाट देख्न सकिने जनाइएको छ ।
पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्दा तीनै पिण्ड सीधा रेखामा परेका बेला चन्द्रमाले सूर्यको प्रकाश छेकिंदिँदा पृथ्वीबाट सूर्यमा देखिने छायाँ नै सूर्य ग्रहण हो । सीधा रेखाको माझमा पर्ने पिण्डले अर्को पिण्डलाई आंशिक रुपमा छेकेमा खण्डग्रास र पूरै छेकेमा खग्रास ग्रहण भन्ने गरिन्छ । सूर्यग्रहण सधैँ औंसीतिथिमा र चन्द्रग्रहण पूर्णिमाका दिन देखिन्छ ।
नेपाली आकाशमा देखिने यो ग्रहण खगोलीय अध्ययनका लागि महत्वपूर्ण अवसर मानिएको छ । खगोलका पिण्ड र तिनको गति बुझ्नका लागि ग्रहण महत्वपूर्ण दृश्य हुने खगोलविद् बताउँछन् । तर ग्रहण लाग्दा आकाशबाट संवेदनशील किरण आउने हुँदा नांगो आँखाले ग्रहण नहेर्न विज्ञहरुले आग्रह गरेका छन् ।
ग्रहण लाग्नु केही समय अगाडिदेखि ग्रहण बार्नुपर्ने धार्मिक मान्यता रहेको छ । जसअनुसार आज ९बुधबार० राति ८ः४२ देखि सुतक लाग्ने छ । यो समयमा बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाबाहेक अरूका लागि भोजन निशेध हुने ज्योतिषीय मान्यता छ ।
यस अवधिमा अर्थात सुतकको समयमा मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने लगायतका कार्य गर्न नहुने बताइएको छ । समितिका अनुसार यसअवधिमा देवताको मूर्ति तथा तुलसीको वृक्ष स्पर्शसमेत गर्न मिल्दैन । यसपटकको सूर्य ग्रहण मूल नक्षत्रमा परेकाले अबको ६ महिनसम्म कुनै पनि शुभकार्य गर्न नहुने ज्योतिषीय मान्यता रहेको छ ।
ज्योतिषीय मान्यता अनुसार राशि अनुसार सूर्य ग्रहण नजर गर्दा लाभ वा हानी हुनसक्नेछ ।
१२ राशिका लागि सूर्य ग्रहणको फल यस प्रकार बताइएको छ स्
मेष ः मानहानी
वृष ःकष्ट
मिथुन ः स्त्रीपीडा
कर्कटः सुख
सिंह ः चिन्ता
कन्याःव्यथा
तुला ः श्रीप्राप्ति
बृश्चिक ः क्षति
धनु ः घात
मकर ः खर्च
कुम्भ ः लाभ
मीन ःसुखदायी

प्रतिक्रिया दिनुहोस