• एउटै दृष्टि, भिन्न कोण
  • Search

पार्टीको अपमान पछि सरकार छोडे ः उपेन्द्र

२०७६ पुष ९ गते बुधवार

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीको काम सुनुवाई नभएको कारण सरकारबाट बाहिएको बताउनुभएको छ । ‘हामी संविधान संशोधन गर्ने शर्तसहित सरकारमा सहभागी भएका थियौं’ बुधबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘तर सरकारमा सहभागी भएपछि प्रधानमन्त्री केपी ओलीले हाम्रो माग सुन्नु भएन । प्रधानमन्त्रीले उखान टुक्का जोड्दै संविधान संशोधन गर्नु नपर्ने कारणको औचित्य पुष्ट गर्न खोज्नुभयो।’

सरकार र मधेसवादी दलबीच भएको सहमतिको मूल्य र मान्यता प्रधानमन्त्रीले लत्याएको अध्यक्ष यादवको भनाई छ । ‘संविधानका कुन कुन बुँदामा संशोधन गर्ने भनेर विज्ञहरुको समूह बनाएर अघि बढ्ने सहमति भएको थियो’, उहाँले भन्नुभयो, ‘विज्ञहरुको समिति बनाउने कुरा पनि प्रधानमन्त्रीले मान्नु भएन ।’ संविधान संशोधनका लागि बुँदा तयार गर्न विज्ञहरुको समिति बनाऊँ भन्दा त्यसलाई पनि अस्वीकार गर्नुभयो।विधान संशोधनको आवश्यकता कहिल्यै बुझ्नु भएन ।’ यादवले सरकार छाडे पनि संविधान संशोधनको एजेण्डा नछोड्ने बताउनु भयो ।

अध्यक्ष यादवले दिल्ली गएका बेला आफूलाई अपमानपूर्वक मन्त्रालयबाट हेरफेर गरिएको गुनासो गर्नुभयो । ‘म स्वास्थ्य मन्त्रीका हैसियतमा कार्यक्रममा सहभागी हुन दिल्ली गएको थिएँ, प्रधानमन्त्रीले नै विदेश पठाउनु भएको थियो’ उहाँले भन्नुभयो, ‘कार्यक्रमको पहिलो सत्रमा बोल्दा स्वास्थ्यमन्त्री, दोस्रो सत्रमा अर्कै मन्त्री । यो जस्तो अपमानजनक व्यवहार के हुन्छ रु ‘कार्यक्रममै त्यस्तो अपमान १ त्यही भएर सरकार छोडेँ’ ’

यादवले राष्ट्रिय जनता पार्टी९राजपा०सँग एकता हुन सक्ने उल्लेख गर्नुभयो । ‘राजपासँग एकता अघि बढाउन सहमति भएको पनि हो, राजापासँग धेरै कुरा मिलिसकेको छ’ उहाँले भन्नभयो, ‘अब राजपाले के कदम चाल्छ ।

प्रतिक्रिया दिनुहोस