- माेहन सिंह एेडी
सन् १९३९ मा तिब्बतको ल्हासामा नेपाली वकिल (दूत) रहेका मेजर हिरण्य बहादुर बिष्टको तस्बिर हो। साथमा ल्हासा महावाणिज्य दूतावासका नेपाली कर्मचारीहरु त्रिचन्द्र कलेजमा प्रोफेसर रहिसकेका मेजर बिष्टको ल्हासामा वकिल रहेकै बखत निधन भएको थियो।
जंग बहादुरको पालामा सन १८५५-५६ मा भएको नेपाल भोट युद्ध पश्चात सन १८५६ मार्च २४ मा थापाथलीमा नेपाल- तीब्बत सन्धि भयो।
जसलाई थापाथली सन्धि भनिन्छ। उक्त सन्धि पश्चात नै तीब्बत भोटमा नेपाली वकिलहरु रहँदै आएका थिए। तिब्बतको ल्हासामा अहिले पनि नेपालको एक मात्र महावाणिज्य दूतावास संचालनमा।


