• एउटै दृष्टि, भिन्न कोण
  • Search

झापामा मास्क उत्पादन

२०७६ चैत्र १ गते शनिवार

काठमाडौँ । झापा दमकका महिलाको सामाजिक संस्था सुन्दर समाज नेपालले मास्क उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा संस्थाले मास्क उत्पादन गरिरहेको समाजका उपाध्यक्ष लक्की सिटौलाले बताए ।

दैनिक ५०० बढी मास्क उत्पादन गरिरहेपनि माग उच्च रहेको सिटौलाले बताए । सो मास्क होलसेलमा प्रतिगोटा रु १५ मा बिक्री भइरहेको र व्यवसायीले सर्वसाधारणलाई रु २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न आग्रह गरिएको सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस