कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भएको छ । यस्तै ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन्।
अमेरिकापछि विश्वमा कोरोना कारण सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ। इटलीमा अहिलेसम्मको कोरोना संक्रमणबाट त्यहाँ २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ। यस्तै अहिलेसम्म १ लाख ७५ हजार ९ सय २५ मानिस संक्रमित भएका छन्।
२०८२ बैशाख १३ गते शनिवार