• एउटै दृष्टि, भिन्न कोण
  • Search

राजनीति यति नीच र घटिया पनि हुँदो रहेछ

२०७७ बैशाख ९ गते मङ्गलवार
  • नारायण गाउँले

राजनीति यति नीच र घटिया पनि हुँदो रहेछ । नागरिक हप्तौंदेखि सीमा कुरेर बसेका छन् । मजदुरहरू काखमा बच्चा बोकेर खाली खुट्टा र खाली पेट सड़क नाप्दै छन् । देश भयावह आर्थिक र स्वास्थ्य सङ्कटतिर अघि बढ्दै छ । यस्तो बेला सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएको छ, त्यो पनि हाम्रो होइन, अर्को पार्टी फुटाउन ल्याइएको हो भन्ने आपराधिक तर्कका साथ ।

सबैलाई साथ लिएर चल्नुपर्ने बेला अध्यादेश ल्याइएको छ, विपक्षी दलका नेताबिना नै संवैधानिक निर्णय गर्न मिल्ने गरी । अदालतदेखि अख्तियारसम्म कमिशनलाई सदर गर्ने कार्यकर्ता भर्न मिल्ने बनाउन संविधानकै प्रावधान बदल्ने गरी ल्याइएका यस्ता अध्यादेशलाई राष्ट्रपति कार्यालयले अध्ययन र सल्लाहबिनै उत्तिखेरै प्रमाणित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस